पात्रो

रेडियो

समाचार खोजी

महको बजारीकरणका समस्या समाधान गर्ने कृषिमन्त्रीको आश्वासन

साझा अर्थ संवाददाता १३ भदौ २०८१, बिहिवार

काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मौरीपालक किसानका समस्या, महको बजार विस्तार र आयातित महका कारण आन्तरिक उत्पादन खपतमा देखिएको अवरोध हटाउने आश्वासन दिनुभएको छ । विहिवार चिवतनको कालिका नगरपालिकाका प्रमुख विनेद रेग्की सहित मौरीपालका ब्यावसाईहरुसँगको मन्त्रालयमा भएको भेटको अवसरमा मन्त्री अधिकरीले सो आश्वासन दिनु भएको हो । 
यो समस्याकाका बरेमा सम्बन्धीत  निकायलाई बोलाएर बृहत छलफल गरी आफू निश्कर्षमा पुग्ने अधिकारीले उक्त अवसरमा बताउनुभयो । सो भेटका अवसरमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मन्त्री अधिकारीलाई नेपाली महको बजारीकरणबिना विदेशी महको आयात नखोल्न अनुरोध गर्नु भएको थियो । नगरप्रमुख रेग्मीका अनुसार कालिका नगरपालिकामा मात्र छ करोडभन्दा बढीको मह उत्पादन हुने गरेको जानाकारी दिनुभयो । सो अवसरमा नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले नेपाली महको खपतका लागि उचित व्यवस्थापन नगरेसम्म बाहिरको मह आयात गर्न नहुनेमा ध्यानाकर्षण गराउनुभएको थियो । यदी ल्याउनै पर्ने अवस्था आएमा भन्सारदर बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मौरीपालक व्यवसायीका अनुसार सरकारले अहिले मह आयात रोकेकाले स्टक रहेको मह बजारमा जाने क्रम बढे पनि अझै दुई हजार मेट्रिकटन मह घरघरमै थन्किएर बसेको सो क्रममा जानकारी गराइएको थियो । मौरिपालक कृषकहरुले मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

295 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु