पात्रो

रेडियो

समाचार खोजी

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समस्या बारे बुझाइयो उर्जामन्त्रीलाई  ज्ञापन पत्र

साझा अर्थ संवाददाता १३ भदौ २०८१, बिहिवार

काठमाडौंः नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी लगायतले दोलखामा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समस्या बारेमा ज्ञापन बुझाउनु भएको छ । उहाँहरुले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सो ज्ञापन पत्र बुझाउनु भएको हो । 
ज्ञापनपत्रमा  स्थानीय जनतालाई दिइँदै आएको शेयरको लकिङ पिरियड हटाउनुपर्ने, नेपाल विद्युत् प्राधिकरण र अपर तामाकोशी जलविद्युत् आयोजनाबीच असमान विद्युत् खरिद सम्झौतालाई पुनरावलोकन गर्न माग गरिएको केन्द्रीय सदस्य शिवाकोटीले जानकारी दिनुभयो । यस्तै ज्ञापन पत्रमा आयोजनाको ड्याम साइटमा पानी चुहिने समस्या रहेकाले मर्मत सम्भार गर्नुपर्ने, हिउँदयाममा सम्झौता भएअनुसारको विद्युत् दिन नसक्दा तिरिँदै आएको पेनाल्टीलाई बर्खायाममा पुर्ण क्षमतामा सञ्चालन गरी परिपूर्ति गर्नुपर्ने लगायतका माग गरिएको छ । दोलखाका जनताको भाग्य र भविष्यसँग जोडिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा सामान चोरी हुँदै गएको भन्दै त्यसको संरक्षण गर्नसमेत माग गरिएको छ । 
ज्ञापनपत्र लिँदै मन्त्री खड्रकाले  वर्तमा सरकार मूलुकमा उर्जाको विकास गरी गरिव र विपन्न वर्गको जीवनस्तर उकास्न लागि परेको बताउनुभयो । स्थानीयलाई साथमा लिएर अगाडि बढ्ने सरकारको नीति रहेको उहाँको भनाई रहेको थियो ।

यस्तो छ शिवाकोटीले बुझाएको ज्ञापन पत्र:

 

651 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता