पात्रो

रेडियो

समाचार खोजी

स्वावलम्बन लघुवित्तका प्रवर्धक सेयर लिलामीमा, ५३ हजार कित्ता सेयर बिक्रीमा

साझा अर्थ संवाददाता २९ जेठ २०८२, बिहिवार

काठमाडौं, जेठ २९ –    स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) का प्रवर्धक सेयरधनीहरूले ५३,००० कित्ता प्रवर्धक सेयर लिलामीमार्फत बिक्री गर्न लागेका छन्। लिलामी प्रक्रिया आजदेखि सुरु भई आगामी १२ असार २०८२ सम्म सञ्चालन हुनेछ।

संस्थाका प्रवर्धक सेयरधनीहरूले आफ्ना सेयरहरू लिलामीमार्फत बिक्री गर्न लागेको जानकारी दिएको छ। उक्त लिलामीमा योग्य प्रवर्धक सेयरधनीहरू, इच्छुक सर्वसाधारण, कम्पनीहरू तथा संस्थाहरूले भाग लिन सक्नेछन्। बोलकता गर्नेहरूका लागि न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएको छ भने कम्तीमा १,००० कित्ता सेयरका लागि बोलकता गर्नुपर्नेछ।

बोलकता गर्न इच्छुक व्यक्तिहरूले सम्पूर्ण सेयरका लागि पनि आवेदन दिन सक्नेछन्। तर, नेपाल राष्ट्र बैंकको प्रवर्धक सेयर सम्बन्धी निर्देशनअनुसार तोकिएको सीमाभित्र मात्र सेयर प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

यस लिलामीको प्रबन्धकको जिम्मेवारी NIMB Ace Capital Limited ले लिएको छ। बोलकता खोल्ने कार्यक्रम असार १३ गते बिहान ११ बजे उक्त क्यापिटलको कार्यालयमा आयोजना गरिनेछ।

हाल बजारमा SWBBL को सेयर मूल्य ७९५.९० रुपैयाँ मा बन्द भएको छ, जुन लिलामीको न्यूनतम मूल्यभन्दा धेरै उच्च रहेको छ। यसले लिलामीप्रति लगानीकर्ताहरूको चासो अझ बढ्न सक्ने संकेत दिएको छ।

130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु