पात्रो

रेडियो

समाचार खोजी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन, नेप्सेले तोक्यो नयाँ मूल्य

साझा अर्थ संवाददाता २६ जेठ २०८२, सोमवार

काठमाडौं, जेठ २६ – सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (RNLI) को शेयर मूल्यमा समायोजन गरिएको छ। कम्पनीले आफ्नो वार्षिक साधारण सभा तथा लाभांश वितरणको लागि बुक क्लोज गरेपछि, नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ आधार मूल्य निर्धारण गरेको हो।

कम्पनीले १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। सोही प्रस्तावअनुसार मूल्य समायोजन गर्दा नेप्सेले RNLI को शेयरको समायोजित मूल्य  ४५२.६७ रुपैयाँ तोकेको छ। समायोजनअघि कम्पनीको अन्तिम कारोबार मूल्य ५०६.९९ रुपैयाँ थियो।

शेयर बजारको नियमनअनुसार, बोनस वितरण वा अन्य लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तोकिएको दिनमा शेयर मूल्य समायोजन गरिन्छ। यसले बोनस सेयर वितरणपछिको निष्पक्ष बजार मूल्य निर्धारणमा सहायता पुर्‍याउँछ।

इन्स्योरेन्सले आगामी असार २ गते, आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजेबाट सुरु हुने तय भएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य महत्वपूर्ण प्रस्तावहरू समेत पारित गर्ने कार्यसूची रहेको छ।

289 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता