पात्रो

रेडियो

समाचार खोजी

कुमारी बैंक चरिकोट शाखाले राख्यो चेतनामूलक होर्डिङ बोर्ड

साझा अर्थ संवाददाता १२ भदौ २०८१, बुधवार

दोलखाः कुमारी बैंक चरिकोट शाखाले भीमेश्वर नगरपालिका वडा नम्बर तीन र छ का विभिन्न स्थानमा चेतानामूलक होर्डिङ बोर्ड राखेको छ । डिभिजन वनकार्यालय तथा मानेडाँडा सिमपानी गैरास्वाँरा हरियाली टोल सुधार समितिसँगको सहकार्यमा शाखाले होर्डिङ बोर्ड राखेको हो । 
शाखाले आफ्नो सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत वडा नम्बर तीन र छ का विभिन्न स्थानहरुमा १२ वटा चेतनामूलक होर्डिङ बोर्डहरु राखेको कुमारी बैंक चरिकोट शाखाका प्रबन्धक सुरेन्द्र गौतमले जानकारी दिनुभयो । प्लास्टिक जन्य वस्तुहरुको प्रयोग कम गर्न आग्रह गरिएका होर्डिङ बोर्डहरु सार्वजनिक स्थानहरुमा राखि सर्वसाधारणलाई सचेत राउन प्रयास गरिएको प्रबन्धक गौतमको भनाई रहेको छ । यो कार्यबाट सफा चरिकोट बजार बनाउने भीमेश्वर नगरपालिकाको अभियानमा  मद्दत पुग्ने शाखाको विश्वास छ ।

491 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्