पात्रो

रेडियो

समाचार खोजी

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले पायो आईपीओ निष्काशन स्वीकृति

साझा अर्थ संवाददाता २१ जेठ २०८२, बुधवार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले मङगलबार दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनका लागि विवरणपत्र प्रकाशनको स्वीकृति दिएको हो ।
धितोपत्र ऐन, २०६३ को दफा ३० को उपदफा (१) बमोजिम प्राप्त स्वीकृतिपछि कम्पनीले एक सय रुपियाँ अंकित मूल्यका ३९ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो । यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ ।
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि, कम्पनीले नियमानुसार आगामी केही दिनमै सेयर निष्काशनको मिति, आवेदन प्रक्रिया, फर्म वितरण, बाँडफाँड विधि लगायतका विवरण सार्वजनिक सूचनामार्फत जानकारी गराउनेछ ।

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्