पात्रो

रेडियो

समाचार खोजी

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितकोे कृषि तथा पशुपन्छी सेवा केन्द्र

साझा अर्थ संवाददाता १४ जेठ २०८२, बुधवार

धादिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गर्नुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड)ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एवम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालन सँगै माटो, खेती बाली तथा पशुपन्छीमा लाग्ने रोगको परीक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यस्ता सेवा केन्द्रहरुको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानहरुका लागि महत्वपुर्ण उपलब्धी हो ।’ – मन्त्री अधिकारीले भन्नुभयो ।
किसानलाई आफ्नै गाउँ ठाउँमा सहज तरिकाले सेवा प्रदान होस भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासहरुले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो —‘सरकारले आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गर्दैछ, कृषि क्षेत्र सुधारका लागि हाम्रा थुप्रै अपेक्षाहरु छन, केहीको सम्बोधन बजेट मार्फत हुनेछ ।’
पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमाबलीमै केही संशोधन समेत भएको चर्चा गर्दे मन्त्री अधिकारीले यसबाट मल खरिदमा लाग्ने समय केही छोटो हुने बताउनुभयो । समयमै मल किसानको बारीमा पु¥याउनका लागि आफुले प्रयास गरेको भए पनि किसानले मागे जति मल उपलब्ध हुन नसकिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले रासायनिक मल कम गर्दे प्राङ्गारिक मलको प्रवद्र्धनका लागि मन्त्रालयले कार्य गरिरहेको बताउनुभयो । धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।
त्रिपुरासुन्दरी गाँउपलिकाका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्र मार्फत वरपरका पालिकाहरुलाई समेत सेवा प्रदान गर्न सकिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । माटो लगायतको परीक्षणका लागि काठमाडौंसम्म जानुपर्ने वाध्यताको अन्त्य हुने र यसबाट कृषि उब्जनीमा बृद्धि हुने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा रिडका परियोजना निर्देशक डा.चन्द्र प्रसाद रिसालले सेवा केन्द्रको सञ्चालन मार्फत किसानहरुले आफ्नै पालिकामा एकै छानामुनी विशिष्टकृत सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका  विभिन्न पालिकाका पदाधिकारीले कृषिको उत्पादन र बजारीकरणमा मन्त्रालयको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । कुल दुई करोड त्रिचालीस लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भई पालिकालाई हस्तान्तरण गरिएको सेवा केन्द्रमा कृषि तथा पशुपन्छीमा लाग्ने रोगका साथै माटो परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला सहितको सुविधा रहेको छ । रिडले मध्य पहाडी लोकमार्गलाई आधार मानेर विभिन्न पालिकाहरुमा  अत्याधुनिक प्रयोगशाला सहितको यस्ता कृषि तथा पशुपन्छी सेवा केन्द्रहरुको निर्माण गरि हस्तान्तरण गर्ने कार्य गरेको छ ।

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता