पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा अध्यक्ष फेरबदल : शोभाकान्त पौडेल सचिवमा बढुवा

साझा अर्थ संवाददाता २ जेठ २०८२, शुक्रवार

काठमाडौं, — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अध्यक्ष परिवर्तन हुने भएको छ। हालका अध्यक्ष शोभाकान्त पौडेललाई अर्थ मन्त्रालयको सचिवमा बढुवा गरिएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। सचिवमा बढुवा भएसँगै उनले नेप्से अध्यक्षको जिम्मेवारी छाड्नेछन्, र अर्थ मन्त्रालयले आफ्ना सहसचिवहरूमध्येबाट नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी थालेको छ।

शोभाकान्त पौडेल २०८० साल मंसिरमा नेप्सेको अध्यक्ष पदमा नियुक्त भएका थिए। तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतको सिफारिशमा उनलाई उक्त पदमा ल्याइएको हो। पौडेलको कार्यकालमा नेप्सेमा सुधारका केही प्रयासहरू देखिए पनि पूँजी बजार अझै स्थायीत्वको चरणमा प्रवेश गर्न सकेको छैन। अब नयाँ अध्यक्षको नियुक्तिसँगै नेप्सेमा नयाँ नेतृत्व आउनेछ, जसले पूँजी बजारको विकासमा कस्तो प्रभाव पार्छ भन्नेमा लगानीकर्ता र विश्लेषकहरू चासो व्यक्त गरिरहेका छन्।

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्