पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम सिमेन्टको नाफा ४०० प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानीमा उछाल!

साझा अर्थ संवाददाता १ जेठ २०८२, बिहिवार
काठमाडौं, जेठ १ —  सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
 
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९९.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो।
174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता