पात्रो

रेडियो

समाचार खोजी

मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १२ जना घाइते

साझा अर्थ संवाददाता ९ भदौ २०८१, आइतवार

मुग्लिङ नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ मा पर्ने घुमाउनेमा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।
 

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । घाइतेहरुको उपचार भइरहेको छ ।

195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्