मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सौरु गाउँ र आसपासका क्षेत्र । कालीगण्डकी नदीमाथि पुल नभएका कारण सडक सञ्जालले छुन नसकेको सौरु गाउँका स्थानीयवासी नदी वारपार गर्न समस्या भएकाले ६ महिना कालीगण्डकी वारी खन्तीमा र छ महिना सौरु गाउँमा बसोबास गर्नुपर्ने बाध्यता छ । उनीहरु भन्छन् सरकारले पुल निर्माण गरिदिए बाह्रै महिना आवतजावतमा सहज हुने थियो । तस्बिरः सुशीलबाबू थकाली/रासस