पात्रो

रेडियो

समाचार खोजी

एमसिसी कार्यान्वयनको एक वर्ष, कस्तो रह्यो उपलब्धि?

साझा अर्थ संवाददाता ६ भदौ २०८१, बिहिवार

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको एमसीए नेपालले एक वर्षको अवधिमा गरेको कामको प्रतिवेदन सार्वजनिक गरेको छ ।

साथै उसले तोकिएकै समयमा परियोजना सक्ने पनि प्रस्ट्याएको छ ।ऊर्जा र सडक पूर्वाधारका लागि अमेरिकी सरकारबाट प्राप्त ५०० मिलियन अनुदान सम्झौताअनुसार उक्त परियोजना अघि बढाइएको हो ।  उसले सो अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाईनका लागि २०८१ साउनमा ठेकेदार कम्पनी छनौट गरेको जानकारी दिएको छ । यस्तै २७९ किलोमिटर प्रसारणलाईनका लागि पुनः बोलपत्र आह्वान गर्ने तयारीमा एमसीए नेपाल छ ।

नयाँ बुटवल, नवलपरासी पश्चिम खण्ड निर्माणका लागि यही वर्षको वैशाख २७ गते सम्झौता सम्पन्न गरेको थियो । सो मितिमा ३ करोड ५५ लाख १० हजार डलरमा सम्झौता भएको थियो । यस्तै रातमाटे, नुवाकोट खण्ड निर्माणका लागि २०८१ असार १ मा ५ करोड १६ लाख डलरमा सम्झौता भएको छ ।

यसैगरी, नयाँ दमौली, तनहुँ खण्ड निर्माणका लागि ३ करोड ८८ लाख ९० हजार डलरमा २०८१ साउन १६ गते सम्झौता गरेको कम्पनीले जनाएको छ । यस्तै धानखोला–लमही ४० किलोमिटर सडक मर्मतसम्भार समेत गरेको एमसीए नेपालले बताएको छ ।

१० वटा जिल्लामा ८६५ वटा प्रसारण टावका जग निर्माणका लागि जग्गा प्राप्तीमा प्रगती, दुई वर्षे जिविकोपार्जन पुर्नस्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम, धादिङ, मकवानपुर र नवलपरासी पश्चिममा जग्गाको मुआब्जा निर्धारणको काम समेत सकिएको छ ।

त्यस्तै नौ वटा जिल्लामा पहिलो चरणको रुख गणना सकिएको छ भने १ आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरेर स्वीकृत समेत गरेको छ ।

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता