सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको छ ।
कम्पनीले स्थानीयलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने छ। स्थानीयले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने आइपीओमा वैशाख १९ गतेसम्म समय तोकिएको छ । त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार कित्ता शेयरका लागि वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ ।
यस कम्पनीले इलाममा ७.६ मेगावाट क्षमताको जोगमाइ खोला आयोजनाबाट २०७४ वैशाख १८ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ। त्यस्तै इलाम मै ५.२ मेगावट क्षमताको जोगमाई क्यासकेड आयोजना निर्माण गरिरहेको छ।
साझा अर्थ संवाददाता