पात्रो

रेडियो

समाचार खोजी

भारतले थप २५१ मेगावाट विद्युत खरिद गर्ने, अब ९४१ मेगावाट विद्युत निर्यात हुने

गत आर्थिक वर्षमा नेपालले भारतमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत बिक्री

साझा अर्थ संवाददाता ३ भदौ २०८१, सोमवार

  भारतले नेपालका १२ वटा जलविद्युत परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत नेपालबाट खरिद लागि स्वीकृत गरेको छ ।

अब नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ । नेपालबाट हालसम्म जम्मा ६९० मेगावाट (१६ वटा परियोजनाबाट) निर्यात बटहुॅदै आएकोमा अब ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) विद्युत निर्यात हुनेछ ।

भारतले थप २५१ मेगावाट लैजाने निर्णय स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा नेपालले भारतमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको छ । भारतीय राजदूतावासका अनुसार इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेयता भारतले नेपालमा उत्पादित बिद्युतलाई रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ । भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ ।

 

264 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता