किरण शिवाकोटी, हेटौैडा: बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा दोलखाका शुकदेव काफ्ले नियुक्त हुनुभएको छ । मुख्य मन्त्री बहादुर सिंह लामाको सिफारिमा काफ्ले सो पदमा नियुक्त हुनु भएको हो ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । विगत लामो समयदेखि कानुन व्यवसायीका रुपमा कार्यरत काफ्लेले पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकारको रुपमा समेत काम गरिसक्नुभएको छ ।
साझा अर्थ संवाददाता