पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल कन्सल्टमा ‘अष्ट्रेलिया एडमिसन डे’ हुने

साझा अर्थ संवाददाता २० फागुन २०८१, मङ्गलवार

काठमाण्डौं: विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना गर्ने भएको छ  ।

ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेका अनुसार कम्पनीले यही फागुन २३ गते शुक्रबार काठमाण्डौंको नयाँ बानेश्वर, आलोक नगर बस स्टपमा रहेको आफ्नै कार्यालयमा ‘अष्ट्रेलिया  एडमिसन डे’ गर्न लागेको हो ।

एडमिसन डेमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटी र कलेजका प्रतिनिधिले विद्यार्थीले पढ्न चाहेको विषय , भिसा प्रक्रिया र भर्ना सम्बन्धि जानकारी दिनेछन् । त्यसैगरी विद्यार्थीले भिसा प्रक्रियाका लागि चाहिने डकुमेन्टका विषयमा पनि जानकारी पाउनेछन् ।

कार्यक्रममा बैंकका प्रतिनिधिले शैक्षिक कर्जाका विषयमा जानकारी प्रदान गर्र्नेछन् ।

यसका अतिरिक्त एडमिसन डे मा विद्यार्थीले आइईएलटिएस वा पिटिई मा भर्ना हुँदा पचास प्रतिशत र विद्यार्थी भिसा प्रक्रियाको सर्विस चार्जमा सय प्रतिशत छुट पाउनेछन् ।

कार्यक्रममा सहभागी विद्यार्थी मध्येबाट भाग्यशाली विजेताको रुपमा उपहार समेत प्रदान गरिने ग्लोबल कन्सल्टले जनाएको छ ।

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु