पात्रो

रेडियो

समाचार खोजी

मालिका भगवती मन्दिर पुनर्निर्माण थालियो

साझा अर्थ संवाददाता १४ फागुन २०८१, बुधवार


गलकोट (बागलुङ), १४ फागुनः यहाँको  प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरको पुनर्निर्माण थालिएको  छ । 


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ५४ लाखबाट पुनर्निर्माण थालिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटाले जानकारी दिनुभयो । 

“परापूर्वककालदेखि थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा सानो सिमन्टको मन्दिर निर्माण भएको थियो, उक्त मन्दिर जीर्ण भएपछि अहिले पर्यटन मन्त्रालयको पहलमा पुनर्निर्माण थालिएको हो”, सापकोटाले भन्नुभयो, “दिव्य शिलालाई घेरेर ढुङ्गा र काठबाट कलात्मक रुपमा मन्दिर पुनर्निर्माण भइरहेको छ ।”

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको पगोडा शैलीमा मन्दिर निर्माण भइरहेको र अन्य दाताले  सहयोग गरिरहेकाले चालु आवमै मालिका मन्दिर, पर्खाल, नागको मन्दिर, सत्तल र खेलमैदानलगायत पूर्वाधार निर्माण हुने उहाँले बताउनुभयो ।  

अहिले भक्तपुरको कलात्मक शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट काठको झ्याल तथा ढोका आयात गरिएको बताउनुभयो । 

ललितपुरका कालीगढबाट ढुङ्गा कँुदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माण हुनेछ । मल्लकालीन थानलाई मालिका भगवतीको रुपमा लिइएको किंवदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पूजा गर्ने प्रचलन छ । 

93 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु