पात्रो

रेडियो

समाचार खोजी

सेती नदी जलविद्युत् आयोजनाको ‘वेट टेष्ट’ सुरु

साझा अर्थ संवाददाता ३० साउन २०८१, बुधवार

पोखराः कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको आज ‘वेट टेष्ट’ (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) कार्य सुरु गरिएको छ ।  माछापुच्छ्रे गाउँपालिका वडा नम्बर दुईको सार्दिखोलाको भराभरीस्थित राजबगरमा रहेको आयोजनाको ‘हेडवक्स’ मा विधिवत् पूजा गरेर विहिवारबाट ‘वेट टेष्ट’ को औपचारिक सुरुआत गरिएको हो ।
आयोजनाको निर्माण कार्य सकिएपछि बाँधस्थलबाट ‘पेनस्टक पाइप’मा पानी पठाएर परीक्षण सुरु गरिएको आयेजनाको प्रबर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले जानकारी दिएको छ ।  ‘वेट टेष्ट’को काम तीन दिनभित्रमा पूरा हुने आयोजनाको भनाई रहेको छ । आगामी दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने आयोजनाका प्रबन्धक इञ्जिनियर लेखनाथ पाण्डेले जानकारी दिनुभयो ।  
सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्बभन्दा बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर जुटाइएको हो । आयोजनाबाट उत्पादित बिजुली लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जडान गरिने छ ।

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता