पात्रो

रेडियो

समाचार खोजी

एनएमबि हाईब्रिड फण्ड एल–२ सामुहिक लगानी कोष आजदेखि बिक्रीमा

साझा अर्थ संवाददाता २४ माघ २०८१, बिहिवार

एनएमबि क्यापिटल लिमिटेडले आज माघ २४ गतेदेखि  एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने एनएमबि हाईब्रिड फण्ड एल(२ नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको छ ।
  १० वर्ष अवधि रहेको यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ र प्रति इकाई १० रुपैयाँको दरले १२ करोड इकाई निष्काशन गरिएको छ। जस मध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबर्दक एनएमबि बैंकलाई, र १ प्रतिशत अर्थात् १२ लाख इकाई एनएमबि क्यापिटललाई छुट्याएर बाँकि रहेको १० करोड २० लाख इकाई आम सर्वसाधारणको लागि निष्काशन गरिएको छ।
 यस निष्काशनमा लगानीकर्ताले छिटोमा माघ २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि दिन सकिने छ।  

182 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ