काठमाडौंः दोलखाका प्रमुख राजनैतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाली काँग्रेस, एमाले तथा नेकपा माओवादी केन्द्रले सोमबार दोलखाको विकासका सन्दर्भमा विभिन्न माग राख्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
सोमबार नेपाली काँग्रेस दोलखाका सभापती बर्मा लामा, नेकपा एमालेका अध्यक्ष नरबहादुर श्रेष्ठ तथा नेकपा माओवादी केन्द्रका दोलखा जिल्ला संयोजक कमल श्रेष्ठ लगायतको टोलीले प्रधानमन्त्री ओली लाई भेटी १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिनुभयो ।
ध्यानाकर्षण पत्रमा लामाबगर- फलाक त्रिदेशीय मार्ग अविलम्ब निर्माण गर्नु पर्ने, तामाकोशी तेस्रो जलविद्युत आयोजना पूणर् क्षमतामा निर्माण गर्नु पर्ने, खरिढुंगा स्थित म्याङ्नेसाइट उद्योग संचालन गर्नु पर्ने , चरिकोटमा माउन्टेन फ्लाईटका लागी विमानस्थल निर्माण गर्नु पर्ने, फिल्मसिटी निर्माण द्रुत गतिमा गर्नु पर्ने लगायतका माग गरिएको छ ।


साझा अर्थ संवाददाता