पात्रो

रेडियो

समाचार खोजी

१ लाख १२ हजारले लिए वैदेशिक अध्ययनका लागि एनओसी

सबैभन्दा बढी एनओसी जापानका लागि ३४ हजार ७३१ जनालाई

साझा अर्थ संवाददाता २८ साउन २०८१, सोमवार

गत आर्थिक वर्ष (२०८०/०८१)मा वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार ५९३ जनाले अनुमतिपत्र 'नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) लिएको पाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको विवरण  सबैभन्दा बढी एनओसी जापान जाने विद्यार्थीहरूका लागि दिइएको छ । जापानका लागि ३४ हजार ७३१, क्यानडाका लागि १५ हजार ९८२, अस्ट्रेलियाका लागि १४ हजार ३७२, युनाइटेड किङ्डम (यूके)का लागि १३ हजार ३३९, युनाइटेड स्टेट्स अफ अमेरिका (यूएसए) का लागि ११ हजार २६१ जनाले अध्ययन अनुमतिपत्र पाएका छन् ।

त्यसैगरी, रिपब्लिक अफ कोरियाका लागि ६ हजार ८८९, डेनमार्कका लागि १ हजार ७५४, फिनल्यान्डका लागि १ हजार ५३५, फ्रान्सका लागि १ हजार ४८९, इन्डियाका लागि २ हजार ३८९, न्युजिल्यान्डका लागि १ हजार ४४६, यूएईका लागि २ हजार १४७ जनाले अनुमति लिएका छन्  ।

बंगलादेशका लागि ४४८, चीनका लागि ४६९, बहराइनका लागि १४२,  जर्मनीका लागि ७१५, आयरल्यान्डका लागि ३६१, ग्रीसका लागि १०१, हंगेरीका लागि १३२, मलेसियाका लागि १७३, माल्टाका लागि ४९१, फिलिपिन्सका लागि १३८, पोल्यान्डका लागि ११९, कतारका लागि १६५, स्पेनका लागि १५५, स्वीडेनका लागि २०० र थाइल्यान्डका लागि ५८१ जनाले अनुमति लिएका छन् ।

 

 

 

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता