पात्रो

रेडियो

समाचार खोजी

युनिलिभरले कमायो १ अर्ब ९७ करोड  खुद नाफा

साझा अर्थ संवाददाता २८ साउन २०८१, सोमवार

युनिलिभर नेपालले गत आर्थिक वर्षमा १ अर्ब ९७ करोड  खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको  तुलनामा ७।६२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा भने १ अर्ब ८३ करोड खुद नाफा कमाएको थियो ।  


समीक्षा अवधिसम्ममा कम्पनीले ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ हजार १४४ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२।०७ गुणा छ ।  रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ छ ।कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ छ ।

 

199 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता