पात्रो

रेडियो

समाचार खोजी

बैंक तथा वित्तीय संस्थाहरूमा एक खर्ब ७२ अर्बले बढ्यो निक्षेप

अघिल्लो वर्षको सोही अवधिमा दुई खर्ब ६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) ले बढेको थियो

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप एक खर्ब ७२ अर्ब ३२ करोड (२.७ प्रतिशत) ले बढेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई खर्ब ६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) ले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८१ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३.० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.३ प्रतिशत, २६.३ प्रतिशत र ६०.७ प्रतिशत रहेको थियो । गत मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको मङ्सिर मसान्तमा यस्तो निक्षेपको अंश ३६.७ प्रतिशत रहेको थियो ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ