काठमाडौंः सहककारी ठगीका आरोपी रास्वपा सभापति रविलामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएको छ । विहिवार जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासले लामीछानेलाई ६५ लाख धरौटी लिइ छाड्न आदेश दिएको जिल्ला अदालत कास्कीले जानकारी दिएको छ । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि रविलाई काठमाडौं ल्याइने तयारी भइरहेको बताइएको छ । लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो ।
साझा अर्थ संवाददाता