समता घरेलु लघुवित्तको पुस २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३१५७९० प्रतिशत नगद लाभांश गरि कुल ५.२६३१५७९० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
साझा अर्थ संवाददाता