दोलखा : दोलखा चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन तथा छैटौं साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । रुद्रजंग बुढाथोकीको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गर्दै शनिवार तेस्रो अधिवेशन तथा छैटौं साधारण सभा सम्पन्न भएको हो ।
कार्य समितिका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ठकुरी, प्रथम उपाध्यक्ष राजकुमार खड्का, द्धितीय उपाध्यक्ष लिला बहादुर केसी सुवेदी , महासचिव रामकृष्ण श्रेष्ठ, सचिव कृष्ण नेपाली, कोषाध्यक्ष भरत बस्नेत तथा सहकोषाध्यक्ष पवित्रा केसी चयन हुनु भएको छ । यस्तै कार्यसमितिको सदस्यहरुमा नवराज खतिवडा, कुमार कार्की, विनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोशन श्रेष्ठ र भिषा श्रेष्ठ रहनु भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद दहालले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन सत्र नेपाल चेम्बर अफ कर्मका केन्द्रीय अध्यक्ष कमलेस कुमार अग्रवालको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष विष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्नभएको थियो ।
साझा अर्थ संवाददाता