पात्रो

रेडियो

समाचार खोजी

युवा व्यवसायी श्रेष्ठलाई राष्ट्रिय गौरव सम्मान

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

काठमाडौं । सफल युवा व्यवसायी अजयकुमार श्रेष्ठ राष्ट्रिय गौरव सम्मानबाट सम्मानित भएका छन् । नेपाल सरकारबाट इजाजत प्राप्त वैदेशिक रोजगार कम्पनी ग्लोकल वर्कफोर्स नेपाल प्रा.लि.का चेयरम्यान श्रेष्ठलाई बाट ‘राष्ट्रिय गौरव सम्मान, २०२४’ बाट सम्मानित गरिएको हो ।
‘‘सक्छौ भने जित, सक्दैनौ भने सानदार रुपबाट हार । तर बिचैमा कायर जसरी नभाग ।’’ क्यामेरोन ट्रामेलको यो भनाई ठ्याक्कै मेल खान्छ अजयकुमारको जीवनसँग । वैदेशिक रोजगार तथा ट्राभल व्यवसायी श्रेष्ठ विगत लामो समयदेखि नेपालको पर्यटन विकास तथा पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमा थुप्रै उतारचढाव र हण्डर खाँदै अहिलेको अवस्थामा आउनुभएको हो ।
उहाँले नेपालको पर्यटन विकास तथा पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमार्फत देश विकासमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय गौरव सम्मान प्रदान गरिएको आयोजक दिलेरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।
वैदेशिक रोजगार तथा ट्राभल व्यवसायी श्रेष्ठलाई विगत लामो समयदेखि नेपालको पर्यटन विकास तथा पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमार्फत देश विकासमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान गरिएको आयोजक दिलेरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।
श्रेष्ठ स्वतः ट्राभल्स एन्ड एड्भेन्चरका प्रबन्ध निर्देशक पनि हुन् । व्यवसायी श्रेष्ठलाई मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक तथा वैदेशिक रोजगार पत्रकार समाजका पूर्वअध्यक्ष मदनकुमार श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए ।

651 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्