पात्रो

रेडियो

समाचार खोजी

मधेश प्रदेश स्थानीय तहका कर्मचारी आन्दोलनमा

साझा अर्थ संवाददाता २९ मंसिर २०८१, शनिवार

जनकपुरधाम, २९ मङ्सिरः मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रदेशअन्तर्गत स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीहरू पदस्थापनाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरमाधमा धर्नामा बसेका छन् । पटकपटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको कर्मचारीहरूको गुनासो छ । एक वर्षअगाडि सङ्घीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारीहरू कामविहीन भएपछि आन्दोलनमा उत्रेको स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक वीरबहादुर सलौराले बताउनुभयो । सुरुदेखि नै पटकपटक समस्या समाधानका लागि माग गरिए पनि प्रदेश सरकारले पदस्थापना नगरेको उहाँले बताउनुभयो । यहाँ स्थानीय तहका एक हजार कर्मचारी कार्यरत रहेका बताइएको छ । सङ्घीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा सिफारिस भएका कर्मचारीहरूको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीहरूको पदस्थापना नभएको सलौराले भन्नुभयो । पदस्थापना नभएकाले थप सेवासुविधासमेत पाउन समस्या भएको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ ।

 

107 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ