झापा: सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका वडा नम्बर सातको सुनमाई चियाबगान र मेचीनगर नगरपालिका वडा नम्बर ६ को बसपार्कबाट एरियाबाट सो कपडा बरामद गरेको हो ।
बुद्धशान्ति नगरपालिका सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा तथा मेचीनगर वडा नम्बर छ बसपार्क इलाकाबाट भन्सार छली ल्याएको २ लाख पचास हजार बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो ।
साझा अर्थ संवाददाता