काठमाण्डौ । युनियन मेवा हाइड्रो लिमिटेडले ३५ करोड ३८ लाख ६० हजार ५ सय बराबरको शेयर निस्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका ३५ लाख ३८ हजार ६०५ कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।
युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
साझा अर्थ संवाददाता