पात्रो

रेडियो

समाचार खोजी

शेयर लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने धितोपत्र बोर्डका अध्यक्षको प्रतिबद्धता

साझा अर्थ संवाददाता १२ मंसिर २०८१, बुधवार

काठमाडौंः नेपाल धितोपत्रबोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शेयर लगानीकर्ताको सुरक्षालाइ पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । आज अध्यक्षको कार्यभार सम्हाल्दै श्रेष्ठले सो प्रतिवद्धता जनाउनु भएको हो । 
पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले सर्वसाधारण शेयर लगानी कर्ताको लगानी सुरक्षित गर्ने तर्फ आफुलाग्ने बताउनुभयो । यस्तै नयाँ स्टक एक्सचेञ्ज स्थापना प्रकृया सरकारको नीति अनुरुप अगाडि बढ्ने उहाँको भनाई थियो । पाइपलाइनमा रहेका आइपीओ निश्काशनकालागि आफूले प्रकृया अगाडि बढाउने उहाँले बताउनु भयो । हाल ७७ कम्पनीको आईपीओ निश्काशन हुने क्रममा पाइपलाईनमा रहेका छन् ।

पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पुँजीबजार विकासको काम आफुले गर्ने अध्यक्ष श्रेष्ठले उक्त अवसरमा बताउनु भयो । साथै पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु