काठमाण्डौ । सरकारले सुनको भन्सार महशुलमा ५० प्रतिशत कटौती गरेसँगै सुनको मुल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ हजार ९सय रुपैयाँ घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला आज १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सयमा कारोबार भएको थियो ।
आज चाँदीको चाँदीको मूल्य ११५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ ।
सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेसँगै आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो । यस्तै चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।
साझा अर्थ संवाददाता