काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ५ अर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यो अवधिमा नेपालले ५२ अर्ब ६७ करोड रुपैयाँको निर्यात गरेको छ । समिक्षा अवधिमा नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबर पुगेको भन्सार विभाग को तथ्यांकले देखाएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा गरेको यस्तो आयातअघिल्लो आवको सोही अवधिको तुलनामा ०.१७ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको थियो ।
त्यस्तै पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ को पहिलो चार महिनामा नेपालले ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको थियो ।
यो अवधिसम्ममा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँको छ । तथ्यांक अनुसार नेपालले ९१ प्रतिशतको आयात गर्दा ९ प्रतिशतको मात्रै निर्यात गर्ने गरेको छ ।
साझा अर्थ संवाददाता