पात्रो

रेडियो

समाचार खोजी

सेयर र घरजग्गा कारोबारबाट २० अर्ब ८७ करोड लाभकर

साझा अर्थ संवाददाता ७ मंसिर २०८१, शुक्रवार

 

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो चार महिनामा सेयर र घरजग्गा कारोबारबाट सरकारलाई करिब २१ अर्ब राजस्व अर्थात् पुँजीगत लाभकर प्राप्त भएको छ । त्यस्ता कारोबारमा भएको नाफाबाट लगानीकर्ता र जग्गाधनीले चार महिनामा २० अर्ब ८७ करोड ३२ लाख ९३ हजार रुपैयाँ कर तिरेका हुन् । यो राजस्व गत आवको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १३ अर्ब पाँच करोड १५ लाख रुपैयाँ यस्तो राजस्व संकलन भएको थियो । गत आवभरमा भने सेयर र घरजग्गा कारोबारबाट ४७ अर्ब ५२ करोड नौ लाख राजस्व उठेको थियो ।

सिडिएससीबाट प्राप्त तथ्यांकअनुसार चार महिनामा सेयर कारोबारबाट आठ अर्ब १६ करोड २६ लाख पुँजीगत लाभकर उठेको छ । गत आवको पहिलो चार महिनामा ८४ करोड ४६ लाख ९५ हजार रुपैयाँ यस्तो राजस्व उठेको थियो । 

समीक्षा अवधिमा घरजग्गा कारोबारबाट १२ अर्ब ७१ करोड ६ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।  गत आवको सोही अवधिमा भने घरजग्गा कारोबारबाट १२ अर्ब २० करोड ६८ लाख रुपैयाँ यस्तो राजस्व उठेको थियो ।

265 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्