पात्रो

रेडियो

समाचार खोजी

नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘डबल बी माइनस’, लगानीका लागि जोखिमयुक्त

साझा अर्थ संवाददाता ६ मंसिर २०८१, बिहिवार

बेलायतको फिच रेटिङ्स कम्पनीले गरेको रेटिङअनुसार नेपालले सार्वभौम क्रेडिट रेटिङ ९कन्ट्री रेटिङ०मा डबल बी माइनस प्राप्त गरेको छ। बीबी माइनस रेटिङ लगानीका लागि जोखिमयुक्त ‘नन्–इन्भेस्टमेन्ट स्पेकुलेटिभ’ ९गैरलगानी सट्टा० मानिन्छ । सुशासन विधि र पद्दतीमा विश्वास गर्ने लगानीकर्ताहरु बीबी माइनस रेटिङ प्राप्त देशमा लगानी गर्न रुचाउँदैनन् । विदेशी लगानीकर्ताहरुले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्न त्यो मुलुकको कन्ट्री रेटिङलाई हेर्ने गर्छन।


क्रेटिङ रेटिङ गर्दा एजेन्सीहरुले ऋण तिर्ने अनुपात, आन्तरिक मुद्रा प्रदायको दर, आयात तथा निर्यातको दरलगायत धेरैवटा सूचकलाई हेर्ने गर्छन् । बीबीबी माइनसदेखि माथिको रेटिङलाई लगानीका लागि राम्रो मानिन्छ भने त्यसभन्दा मुनि बी माइनससम्मको लाई सट्टेबाजीको रेटिङ मानिन्छ । त्यसभन्दा मुनिको रेटिङलाई उच्च जोखिमयुक्त वा टाट पल्टिनसक्ने सम्भावना भएको मानिन्छ । तर, पहिलोपटक भएको रेटिङमा नै यस्तो रेटिङ प्राप्त गर्नु भनेको ऐतिहासिक भएको बिज्ञहरु बताउँछन् । यो भारतको भन्दा दुई स्थान तलको रेटिङ हो, तर अन्य दक्षिण एसियाली मुलुकहरूमध्ये राम्रो हो ।

 

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्