सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको कार्तिकसम्म सरकारले आन्तरिक र बाह्य स्रोतबाट उठाएको ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यो अनुसार अहिले प्रत्येक नेपाली जनताको भागमा करिब ८४ हजार रुपैयाँ कर्जाको भार परेको छ ।
चालु आर्थिक बर्षमा सरकारले ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । सोही अनुसार कार्तिकसम्म १ खर्ब ६५ अर्ब ७२ करोड ऋण प्राप्त भएको छ । यो बार्षिक लक्ष्यको ३० प्रतिशत हो ।
चालु आवको कार्तिक मसान्तसम्म सरकारले १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । यो बार्षिक बजेट विनियोजनको २६ प्रतशित हो ।
साझा अर्थ संवाददाता