काठमाण्डौ । केही दिनदेखि निरन्तर घटिरहेको सुनको मुल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९२० रुपैयाँ कायम भएको छ ।
साझा अर्थ संवाददाता