काठमाडौँः स्थानीय तहको उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको हो ।
मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निणर्य गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिक रहेको छ । मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । यही मङ्सिर १६ गत मतदान हुने छ ।
साझा अर्थ संवाददाता