चरिकोट: गौरिशंकर गाउँपालिकाको उपाध्यक्षकालागि हुन गईरहेको उप निर्वाचनमा १६ जनाको उमेद्वारी परेको छ । मंशिर १६ गते हुने उप निर्वाचनकालागि सात राजनैतिक दल तथा स्वतन्त्र समेत गरि उक्त संख्यामा उपाध्यक्ष पदमा उमेद्वारी परेको हो ।
गौरिशंकर गाउँपालिका उपाध्यक्ष पदकालागि १६ जनाको उमेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालय गौरिशंकरले जानकारी दिएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार कुल सोह्र उमेद्वार मध्ये सात जनाले विभिन्न दलका तर्फबाट उमेद्वारी दिएका छन् भने बाँकी स्वतन्त्र उमेद्वार रहेका छन् । सबै उमेद्वारले गौरिशंकर गाउँपालिकाको आर्थिक विकासलाई प्रमुख मुद्दा बनाएका छन् ।
साझा अर्थ संवाददाता