पात्रो

रेडियो

समाचार खोजी

कत्लेकीराको प्रकोप बढेसँगै कास्कीका सुुन्तला कृषक चिन्तित

साझा अर्थ संवाददाता १७ साउन २०८१, बिहिवार

पोखराः कत्लेकीराको प्रकोपका कारण कास्कीका किसानहरु चिन्तित बनेका छन् । सुन्तलाको बगैंचानै रोगकाकारण कालाम्य भई फल लाग्न छोडेपछि सुन्ताला किसानहरु चिन्तित बनेका हुन् । 
पोखरा महानगरपालिका वडा नम्बर २१ काफलबोटेस्थति सुन्तलाको बगैँचामा पहलिोपटक देखएिको कत्लेकीराको प्रकोप यतखिेर आसपासको क्षेत्रमा पन िफैलँिदै उत्पादन घट्न थालेपछि आफूहरु चिन्तित बनेको सुन्तला कृषक नारायण सुवेदीले बताउनुभयो । विगतमा एकाध बोटमा ध्वाँसे रोग देखिए पनि खासै असर नगरेकोमा यो पटक भने बगैँचा नै कालम्मे भई बोटबरिुवा बढ्नेक्रम रोकिएको उहाँको भनाई छ । 
बगैंचा पूरै कालै देखिएपछि पोखरा महानगर कृषि महाशाखाबाट प्रविधिकको टोलीले गरेको अनुगमन गरी औषधि सिफारिस गरेको थियो । अहिले किसानहरुले  ककरोवर तथा  ककफोसिल नामक औषधलिाई पानीमा मसिाएर सुन्तलाको प्रत्येक बोटमा स्प्रे गरिरहेका छन् । तर अहिलेसम्म औषधिको खासै प्रभाव देखिएको छैन । 
यो कीराले सुन्तलाका पात, डाँठ, मुना र फलबाट रस चुस्ने गर्दछन्, जसका कारण बरिुवा बढ्न सक्दैनन् । ठूलामा भन्दा साना बरिुवामा यस्ता कीराले धेरै पुुर्‍र्‍याइरहेको छ ।  । नरम शरीर भएका कत्लेकीराले आप्mनो शरीरबाट महजस्तो गुलियो  पदार्थ नकिाल्ने हुँदा रोगको प्रकोप बढ्ने गरेको महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । कत्लेकीराले निकालेको गुलियो पदार्थमा कालोढुसीको अत्यधिक बद्धी हुनाका कारण समस्या आउने उहाँको भनाई रहेको छ । कत्ले किरा नियन्त्रणमा नगरपालिका लागिरहेको उहाँले बताउनुुभयो ।
पोखरा महानगरपालिका २१ को कृस्ती, फेदीपाटन, मास्पाटन, वहेली, रामदीलगाय क्षेत्रमा सुन्तलाको उत्पादन राम्रै हुने गरे पनि बेलाबेलामा देखिने रोगजन्य कीराको प्रकोपका साथै फुल्ने तथा कोपिलालाग्ने र फल विक्री गर्ने समयमा आउने असिना जास्ता प्रकोपले किसानहरु मारमा पर्ने गरेका छन् ।

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता