काठमाडौंः नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आज मध्ये रात देखि डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले सो निणर्य गरेको नेपाल आयल निगमले जानकारी दिएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ र डिजेलमा १.०४ रुपैयाँले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता