किरण शिवाकोटी,चितवनः चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको पाइएको छ । विगत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा पर्यटक आगमन बढेको पाइएको हो ।
आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेको निकुञ्जको तथ्याङ्क छ । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो ।
गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१ थियो । गत आवमा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्यटक आएका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । आव २०७९/८० मा यो सङ्ख्या २३ हजार २५७ थियो । हालै दियालो बङ्गला पनि सर्वसाधारणका लागि खुला गरिएको ले चितवनको भ्रमण गर्न आउने पर्यटकहरुको संख्यामा अभैm बृद्धीहुने चीतवनका स्थानीयहरुको विश्वास छ ।
साझा अर्थ संवाददाता