पात्रो

रेडियो

समाचार खोजी

सिद्धार्थ व्यवस्थित लगानी  योजनाको पुँजी डेढ अर्ब

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार

 

सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको पुँजी डेढ अर्ब पुगेको छ ।

धितोपत्र बोर्डले २२ असोजमा योजनाको एक अर्बको आकारलाई स्वीकृति दिएसँगै यसको पुँजी डेढ अर्ब पुगेको हो । योजना ०७८ मा २० करोडको आकारबाट सुरु भएको थियो । 

कम्पनीले इकाइधनीको मागअनुसार इकाइ बिक्री गर्दा खुद सम्पत्ति मूल्यमा कट्टा गरिने १.५ प्रतिशत बहिर्गमन शुल्क इकाइ खरिद गरेको तीन वर्षपश्चात् मात्र छुट हुने व्यवस्थालाई संशोधन गरी एक वर्षपश्चात् नै उक्त बहिर्गमन शुल्क छुट हुने व्यवस्था गरेको बताएको छ ।

यस योजनाअन्तर्गतको व्यवस्थित लगानी योजनामार्फत हालसम्म करिब १९ हजार इकाइधनी यस योजनमा आबद्ध रहेको र असोज मसान्तसम्म योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य ११.३० रुपैयाँ रहेको छ । 

लगानीकर्ताले यस योजनाको इकाइ सिद्धार्थ क्यापिटल तथा विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा र नेपालगन्जमा रहेका सिद्धार्थ बैंकका शाखा कार्यालयबाट इकाइ खुद सम्पत्ति मूल्यमा खरिद–बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।
 

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु