पात्रो

रेडियो

समाचार खोजी

तिहारको मुखैमा गहुँको आँटा महंगियो

साझा अर्थ संवाददाता ९ कार्तिक २०८१, शुक्रवार

काठमाडौः तिहारको मुखैमा गहुुँको आँटा र मैदाको भाउ बढेको छ । भारतबाट गहुँ आयात हुन सनसक्दा आँटा र मैदाको भाउ बढेको हो । बजारमा गहुँको माग बढेपछि एक हप्ताअघि सरकारले भारतसँग दुई लाख मेट्रिक टन गहुँ आयात गर्न पहल गरेको थियो । तर तिहार अघि गहुँ आइपुग्ने सम्भावना नरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध स्रोतको भनाई रहेको छ । तर सरकारले पत्राचार मात्र गरेर सही ढंगले पहल नगरेकोले तिहारमा उपभोक्ता महँगीको मारमा पर्ने अवस्था आएको नेपाल फ्लोर मिल्स एसोसिएसनका उपाध्यक्ष दिनेशकुमार अग्रवालको आरोप छ। नेपाली बजारमा गहुँको मूल्य दुई महिना अघिसम्म प्रतिकेजी ४५ देखि ४८ रुपैयाँ थियो। एकाएक भाउ बढेर ५५ रुपैयाँ प्रतिकेजी पुगेको छ।

268 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु