नेपाल वेयरहाउजिङ्ग कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
गत असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव आगामी विशेष साधारण सभा मार्फत पारित गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९०० रुपैयाँभन्दा बढी छ । कम्पनीको चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँ छ ।
साझा अर्थ संवाददाता