पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा १ दशमलब ८० प्रतिशको बृद्धी

साझा अर्थ संवाददाता १४ असोज २०८१, सोमवार

काठमाडौंः सोमवार नेप्से १ दशमलव ८० प्रतिशत बढेर बन्द भएको छ । आज २५ सयको विन्दु पार गर्दै नेप्से २ हजार ५०८ दशमलव ८६ विन्दुमा पुगेको हो । नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन रू. ४ अर्ब ५ करोड बराबरको कारोबार भएकोमा आज रू. ३ अर्ब ७१ करोडमा झरेको छ । आज बजार बढ्दा फाइनान्स, उत्पादनमूलक र होटेल तथा पर्यटन समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको  छ । आज सेन्सेटिभ इन्डेक्स १ दशमलव ४४ प्रतिशत,फ्लोट इन्डेक्स १ दशमलव ६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५२ प्रतिशत वृद्धि भएको छ । 
३१९ धितोपत्रको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ५० हजार ६८० पटकमा रू. ३ अर्ब ७१ करोड बराबरको कारोबार भएको छ ।

242 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु