पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा ५९.०२ अंकको गिरावट

साझा अर्थ संवाददाता ७ असोज २०८१, सोमवार

सोमबार नेपाल स्टक एक्सचेञ्ज  नेप्से ५९.०२ अंकले घटेर दुई हजार ५ सय २९ दशमलव ३३ विन्दुमा बन्द भएको छ । 
नेप्सेमा आज ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये १४ वटाको बढेको छ भने २२९ वटाको शेयरमूल्य घटेको छ । एउटाको शेयरमूल्य स्थिर रहेको छ ।                                   


आज  हिमालयन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ५४७ रुपैयाँ पुगेको छ । यसका साथै आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य ८।१२ प्रतिशतले बढेको छ ।   

चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २१ करोड १३ हजार बराबरको कारोबार भएको छ । 
चार वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । जसमा गुडवील फाइनान्स,समृद्धि फाइनान्स,इष्टर्न हाइड्रोपावर र एनआईसी एशिया फ्लेक्सी क्याप छन् ।
कारोबार रकमका आधारमा यो दिन शिर्षस्थानमा नेपाल फाइनान्स कम्पनीको २१ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यसैगरी, दोस्रो स्थानमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ। उक्त कम्पनीको १३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
 त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५२ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।यसैगरी, नेप्सेमा सूचीकृत १३ वटै उपसमूहमा रातो पोतिएको छ । त्यस्तै यो दिन सबैभन्दा बढी वित्त उपसमूहको परिसूचक घटेको छ । उक्त समूहको परिसूचक ५.५६ प्रतिशतले घटेको छ ।त्यस्तै दोस्रोमा व्यापार उपसमूह ३.९३ प्रतिशतले घटेको छ ।


 

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु