सरकारले सहकारी संस्थाहरुको रकम हिनामिनाबारे गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमार्पत् सार्वजनिक गरेको छ
नेकपा एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानून विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलगायतलाई कारबाही गर्न सिफारिस गरेको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित फरार रहेको र उनीहको खोजी गर्न सरकारलाई निर्देशन दिइएको छ । फरार रहेका सहकारीको रकम हिनामिना गर्नेहरुको सूची यस्तो छ ः
१. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका गितेन्द्रबाबु (जीबी) राई, हाल मलेसिया ।
२.सुमेरू मचत तथा ऋण सहकारी संस्थाका भरत महर्जन, राजनाया महर्जन, सचिन महर्जन, सरला महर्जन र निमित्तराज श्रेष्ठ, सबै हाल बेलायत ।
३.सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका नबहादुर बम्जन, हाल अमेरिका ।
४. सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका धानवहादुर बुढामगर, भुपेन्द्र राई, हालको अवस्था अज्ञात ।
५. शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाक तेजबहादुर बम्जन९तामाङ०, हाल भारतरयुरोप रहेको आशंका ।
६. इमेज बचत तथा ऋण सहकारी संस्थाका देवकुमार नेपाली, छेला नेपाली र दीपक पौडेल, हाल भारतमा ।
७. सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका तस्बिरन खातुन र असरफ अली, हालको अवस्था अज्ञात ।
८. सहारा बचत तथा ऋण सहकारी संस्थाक सागर केसी,
९. दिनेश रोशा र हेमन्त अधिकारी, हालको अवस्था अज्ञात ।
१०. शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लीलानाथ गौतम, हालको अवस्था अज्ञात ।
११. नमस्ते वचत तथा ऋण सहकारी संस्थाका विष्णु प्रसाद रिमाल, हालको अवस्था अज्ञात ।
१२. मेघा ड्रिम महुउद्देश्यीय सहकारी संस्थाका महाशंकर रेग्मी, हलको अवस्था अज्ञात ।
१३. कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका प्रेमध्वज लामा, हालको अवस्था अज्ञात ।
१४. स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाका राजेश श्रेष्ठ, हाल फरार ।
१५. प्रभु सेभिङ्ग एण्ड क्रेडिट को९अपरेटिभका बुशचन्द्र श्रेष्ठ, हाल फरार ।
१६. मितेरी वचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङ, हाल फरार ।
१७. आर्जन बचत तथा ऋण सहकारी संस्थाका दीपक थापा ।
१८.सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बुद्धि गुरुङ ।
१९.सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका राधेचन्द्र यादव ।
२०. क्यापिटल सेभिड एण्ड क्रेडिट कोअपरेटिभका दिनेश पौडेल ।
साझा अर्थ संवाददाता