पात्रो

रेडियो

समाचार खोजी

मागभन्दा बढी आवेदन परेपछि 'एलएस होराइजन १२' को निष्कासन आजै बन्द हुँदै

साझा अर्थ संवाददाता ६ जेठ २०८३, बुधवार

काठमाडौँ, ०६ जेठ: लक्ष्मी सनराइज क्यापिटलले सञ्चालनमा ल्याएको नयाँ म्युचुअल फण्ड 'एलएस होराइजन १२' को इकाई खरिदका लागि मागभन्दा बढी आवेदन परेपछि आजैदेखि निष्कासन बन्द गरिने भएको छ। बिक्री प्रबन्धकले सुरुमा जेठ १३ गतेसम्मका लागि म्याद थप गरे तापनि लगानीकर्ताहरूको आक्रामक सहभागिताका कारण लक्ष्यभन्दा बढीको प्रतिबद्धता प्राप्त भइसकेकाले आज जेठ ६ गते बैंकिङ समयपश्चात नै यसको बिक्री औपचारिकता रूपमा बन्द गर्न लागिएको हो।

लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो १२ वर्षे अवधिको बन्दमुखी योजना हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अङ्कित मूल्यका कुल १२ करोड इकाई (१ अर्ब २० करोड रुपैयाँ बराबर) बजारमा ल्याएको थियो। पछिल्ला दिनहरूमा म्युचुअल फण्डप्रति सर्वसाधारण र संस्थागत लगानीकर्ताको आकर्षण बढेका कारण योजनाले तोकिएको समय अगावै शतप्रतिशतभन्दा बढी आवेदन संकलन गर्न सफल भएको हो।

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ