नयाँ दिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गरेको ‘ईरानले विश्व ऊर्जा बजारलाई बन्धक बनाएको’ टिप्पणीप्रति ईरानले कडा प्रतिक्रिया जनाएको छ। नयाँ दिल्लीस्थित ईरानी दूतावासले बयान जारी गर्दै उक्त आरोपलाई खारेज गरेको छ।
ईरानले भनेको छ, “विश्वको प्रमुख ऊर्जा निर्यातक राष्ट्र हुनुको नाताले हामी भारतसहित सबै राष्ट्रलाई ऊर्जा उपलब्ध गराउन तयार छौँ। वास्तविक ‘बन्धक’ भनेको अमेरिकाले हाम्रो तेल निर्यातमा लगाएका अवैध प्रतिबन्ध हुन्, जसले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै इरानी जनतामा आर्थिक दबाब सिर्जना गरेको छ।”
दूतावासले अमेरिकी प्रतिबन्धले साधारण नागरिकलाई समेत मारमा पारेको उल्लेख गर्दै औषधि र जीवनरक्षक उपकरणमा समेत प्रतिबन्ध लाग्दा धेरै निर्दोष बिरामीको ज्यान जोखिममा परेको बताएको छ।
त्यस्तै, आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको स्पष्ट पार्दै ईरानले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) को निगरानीमा कुनै गतिविधि नभएको जनाएको छ।
उता, रुबियो भारतको चारदिने भ्रमणमा छन्। शनिबार कोलकाताबाट सुरु भएको यात्राका क्रममा उनले प्रधानमन्त्री मोदीसँग विविध वैश्विक मुद्दामा छलफल गरेका छन्। अमेरिकी विदेश विभागले रुबियोले भारतको ऊर्जा आपूर्ति विविधीकरणमा अमेरिकी सहयोगको पुष्टि गरेको बताएको छ।
भारतले भने ऊर्जा सुरक्षाका विषयमा आफ्नो स्वतन्त्र परराष्ट्र नीति अपनाउँदै आएको छ। इरानी दूतावासले आफू भारतको विकास आवश्यकताप्रति संवेदनशील रहेको र दुवै देशबीच ऊर्जा सहकार्यका व्यापक सम्भावना रहेको पनि स्मरण गराएको छ।
(पीएम मोदीसँगको भेटपछि रुबियोको टिप्पणीमा ईरान भड्कियो, अमेरिकालाई ऊर्जा बन्धकको जवाफ